एवाईसी र हाउलर्स एफसीको जीत

IMG-20230804-WA0450.jpg

सिङताम: गोलीटार खेल मैदानमा स्व. फूल माया प्रधान स्मारक फुटबल टुर्नामेन्टको पहिलो म्याच पाण्डाम फुटबल एकाडेमी बनाम एवाईसी आदर्शगाउँ बीच सम्पन्न भयो भने दोस्रो म्याच युकेएससी कालेबुङ बनाम हाउलर्स स्पोर्टिङ क्लब माँझ भीड़न्त भयो। खुबै आकर्षक रहेको पहिलो म्याचमा पाण्डाम फुटबल एकाडेमीलाई ३ को विरुद्ध ४ गोल लगाएर एवाईसी आदर्शगाउँ विजयी बन्यो भने यस म्याचको मेन अफ दी म्याच एवाईसीका खेलाड़ी जर्सी ८ विवेक चौधरीलाई चयनित गरियो। यसरी नै आजको दोस्रो म्याचमा ३ को विरुद्ध ४ गोल लगाएर हाउलर्स स्पोर्टिङ क्लबले षुकेएससी कालेबुङलाई परास्त गऱ्यो। यस दोस्रो म्याचको मेन अफ दी म्याचको उपाधि युकेएससी कालेबुङका खेलाड़ी जर्सी ४ विश्वास थापालाई घोषित गरियो। आजको खेलकूद कार्यक्रममा एसकेएम पार्टीका राज्यस्रीय पञ्चायत प्रकोष्ठका अध्यक्ष श्री गोविन्द रसाईली मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा सोही प्रकोष्ठका महासचिव विजय छेत्रीको उपस्थिति रहेको थियो। मन्त्र डान्स मन्त्र एकाडेमी सिङ्तामका बालिकाहरुले आकर्षक नृत्य प्रदर्शित गरिएको यस फुटबल खेल कार्यक्रममा दुवै म्याचमा घोषित मेन अफ दी म्याच २ खेलाड़ीहरुलाई मुख्य अतिथि गोविन्द रसाईलीको बाहुलीबाट पुरस्कार प्रदान गरियो भने मुख्य अनि विशिष्ट अतिथिलाई आयोजक समितिका सल्लाहकार एंव पञ्चायतद्वय अरुणा सुनार र बसुन्धरा दाहालको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरि सम्मानित गरियो।

About Author

Advertisement