एवाईसी नक्सलबारी विजयी

photocollage_2023719225750704.jpg

१९ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा एवाईसी नक्सलबारीले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। बुधवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा एवाईसी नक्सलबारीले एचके बोइजलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट इन्द्रयिल पालले १०औं अनि जेम्सले ३६औं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement