एमबीबीएसका विद्यार्थीहरूकाे मुख्यमन्त्री तामाङसॅंग भेट

IMG_20220803_234433.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मिन्तोकगाङस्थित आफ्नो सरकारी आवासमा सिक्किम मणिपाल संस्थानमा अध्ययनरत एमबीबीएसका विद्यार्थीहरूसॅंग भेट गरे। मुख्यमन्त्रीले विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै आवश्यक सहायता प्रदान गरे। उनले विद्यार्थीहरूलाई शुभेच्छा व्यक्त गर्दै सफलताको कामना गरे।

मुख्यमन्त्रीलाई आज लाकीडोमा भोटिया, फुर्बा छोडेन, अविष्कार प्रधान, धरणा शर्मा, दर्शन गुरूङ, अवन्तिका राई, दिपमाला कुमारी, निकेश छेत्री, पल्मुसिमा तामाङ, निमडे भोटिया, रोजालिन लेप्चा, प्रीतिका सुब्बा, हिमचा एम. मुखिया, दीप्ति शेर्पा, मनिला गुरूङ, रूबिना राई, आयुष प्रधान, छिरिङ ल्हमु, मनिसा कुमारी र अर्पणा प्रधानले भेट गरे।

About Author

Advertisement