एमएसएमई परियोजना लिएर एक समन्वय सभा

0521_msme.jpg

पाकिम: सिक्किम विधानसभा अध्यक्ष तथा पश्चिम पाण्डम निर्वाचन क्षेत्रका विधायक एलबी दासको अध्यक्षतामा सुक्ष्म लघु मध्यम उद्यम (एमएसएमई) लाई लिएर आज एक समन्वय सभा बस्यो। यस सभामा रिनाकका विधायक बीके खतिवडा, नाम्चेबुङका विधायक एम प्रसाद शर्मा, पाकिमका जिल्लापाल, विभागीय अधिकारीहरू आदि उपस्थित थिए। कार्यक्रमको आयोजना एमएसएमईको कार्यान्वयन र पाकिम जिल्लामा एमएसएमई परियोजना स्थापनाका लागि उपयुक्त ठाउॅंबारे सर सल्लाह गर्न गरिएको थियो।

About Author

Advertisement