एबीसीको छापामारीपछि आपका विधायक अमानतुल्लाह पक्राउ

00-Aap-MLA

नयाँ दिल्ली: एन्टी करप्सन ब्यूरो (एबीसी) ले शुक्रबार राति आम आदमी पार्टी (आप) विधायक र दिल्ली वक्फ बोर्डका अध्यक्ष अमानतुल्लाह खानलाई पक्राउ गरेको छ। एसीबीले उनीविरुद्ध आपत्तिजनक सामग्री र प्रमाण फेला पारेको छ। त्यसैको आधारमा शुक्रबार ठूलो कारबाही गरिएको हो। एसीबीले उनीसँग करिब साढे पाँच घण्टा सोधपुछ गरेको थियो। एसीबी दिल्लीको एफआईआर नम्बर ५/२०२० मा संलग्न भएको आरोपमा उनको पक्राउ गरिएको बताइएको छ। शुक्रबार बिहान एसीबीले खानका केही ठाउँमा छापा मारेको थियो। दुई स्थानबाट २४ लाख नगद बरामद भएको छ। यसबाहेक खानको व्यापारिक साझेदारसँग हातहतियार र कारतूस पनि फेला परेको बताइएको छ।

About Author

Advertisement