एफसी बागडुग्रा विजयी

photocollage_2023710233028127.jpg

१० जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा फूटबल क्लब बागडुग्राले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। सोमवार चेंगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा एफसी बागडुग्राले फुलबारीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट ध्रुवले ३८औं र ४८औं मिनटमा २ गोल गरे। यसबाहेक पुजनले तेस्रो मिनटमा एक गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement