वाशिङ्टन: पाम बोंडी पदबाट हटेपछि जेफ्री एपस्टिन प्रकरण फेरि विवादमा तानिएको छ। “एपस्टिन फाइल्स” सार्वजनिक हुने अपेक्षा गरेका पीडित र सरोकारवालाले बोंडीमाथि सत्य बाहिर ल्याउने अवसर गुमाएको आरोप लगाएका छन्।
एपस्टिनकी कथित पीडित जेस माइकल्स ले महिला अटर्नी जनरल बनेपछि सत्य सार्वजनिक हुने आशा गरेको बताइन्। “यौन हिंसा र मानव तस्करीका पीडितलाई न्याय दिलाउने ठूलो अवसर थियो, तर त्यो पूरा हुन सकेन,” उनले भनिन्।
“एपस्टिन फाइल्स” का रूपमा चिनिने अनुसन्धान दस्तावेज बोंडीको कार्यकालभर विवादित बने। सुरुमा ठूला खुलासाको संकेत दिइए पनि पछि खासै नयाँ तथ्य नभएको बताइयो। अन्ततः सार्वजनिक गरिएका कागजातमाथि समेत प्रश्न उठेका छन्।
यद्यपि पाम बोंडी ले आफूमाथि लागेको आलोचना अस्वीकार गरेकी छन्। डोनाल्ड ट्रम्प ले उनको प्रशंसा गर्दै “महान देशभक्त र विश्वासी साथी” भनेका छन्।
अर्की पीडित एनी फार्मर ले यो केवल एक व्यक्तिको मुद्दा नभई सम्पूर्ण सरकारी तथा न्यायिक प्रणालीको असफलता भएको टिप्पणी गरिन्। उनका अनुसार प्रणालीले बारम्बार पीडितलाई निराश बनाएको छ।
पीडितहरूले बोंडीको बहिर्गमनले मात्र विश्वास पुनःस्थापित नहुने बताएका छन्। उनीहरूले एपस्टिन प्रकरणको सम्पूर्ण सत्य बाहिर ल्याउन पारदर्शिता र जवाफदेहितामा आधारित सुधार आवश्यक रहेको बताएका










