एनबी प्रधानकाे चुनावी प्राचारमा  तीव्रता

n59999912217130275028082bd3cffdf896bd9d8f06a3e8dc8dc2ac030dea31b4ac89675bb61f02a30d190f.jpg

नाम्ची: मल्ली निर्वाचन क्षेत्र एसकेएम पार्टीका उम्मेदवार एनबी प्रधानले आफ्नो चुनावी प्राचारको १३औं दिनको कार्यक्रमलाई तीव्र पार्दै आज क्षेत्रका भूतपूर्व पञ्चायतहरुलाई लिएर समन्वय सभा गरे। सभापछि उनले सुम्बुक जीपीयूको स्यामदास वार्डका जनतासंग अन्तरक्रिया गरे। यसैगरी, उनले रबिटार माङहिममा वार्डमा चुनावी सभा गरे।

दुवै वार्डका जनताले प्रधानलाई न्यानो स्वागत गर्दै 90 प्रतिशत भोट दिएर जिताउने शुभकामना दिएको दाबी गरिएको छ। यसरी नै मल्ली क्षेत्रमा पार्टीका विभिन्न चुनावी समुह र कार्यकर्ताहरूले पनि आफ्नो आफ्नो जीपीयूमा चुनावी प्रचारलाई तीव्रताका साथ अगाडि बढाइरहेको बताइएको छ।

About Author

Advertisement