एनडीएको परीक्षा उत्तीर्ण गरे हिस्सेछोडा शेर्पाले

photocollage_202541403135979

मुख्यमन्त्रीले दिए बधाई

गान्तोक: रिनाक निवासी हिस्सेछोडा शेर्पाले प्रतिष्ठित एनडीए प्रवेश परीक्षामा १८७ ऱ्याङ्क हासिल गरेर राज्यको नाम रोशन गरेका छन्।
१७ वर्षीय शेर्पाले आफ्नो पहिलो प्रयासमै एनडीएको प्रवेश परीक्षा उत्तीर्ण गरेको मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जानकारी गराएका छन्।
मुख्यमन्त्रीले हिस्सेछोडा शेर्पाको कडा परिश्रम, समर्पण र देशभक्तिले सम्पूर्ण राज्यलाई गौरवान्वित तुल्याएको बताएका छन्। उनले एनडीए, पुणेमा चल्ने प्रशिक्षणको निम्ति शुभकामना दिएका छन्।

About Author

Advertisement