नयाँ दिल्ली: राष्ट्रिय परीक्षा एजेन्सी (एनटीए) ले सोमबार संयुक्त प्रवेश परीक्षा (मुख्य)-२०२२ को निम्ति अन्तिम परिणाम घोषित गरेको छ। सत्र ०१ र सत्र ०२ को प्रदर्शनको आधारमा समग्र मेरिट सूचीमा २४ उम्मेदवारले १०० प्रतिशत अंक हासिल गरेका छन्। २४ उम्मेदवारले जेईई(मेन)- २०२२ परीक्षामा बीई/बीटेक (पेपर-१) मा १०० एनटीए स्कोर प्राप्त गरेका छन्। यसमा सबैभन्दा अधिक ५-५ उम्मेदवार आन्ध्र प्रदेश र तेलंगानाबाट छन्। सूचीमा राजस्थानका चार र उत्तर प्रदेशका दुई उम्मेदवार सामेल छन्। यस बाहेक महाराष्ट्र, हरियाणा, असम, बिहार, पञ्जाब, केरला, कर्नाटक र झारखण्डबाट १-१ उम्मेदवार छन्।
शीर्ष २४ मा केवल दुई केटीले नै १०० प्रतिशत हासिल गर्नमा सफल रहेका छन्। आन्ध्र प्रदेशकी पल्ली जलजाक्षी र असमकी स्नेहा पारीक ले १०० प्रतिशत हासिल गरेका छन्। यस साल जेईईको दुवै सत्रमा कूल ६,४८,५५५ केटा र २,५७,०३१ केटी सामेल भएका थिए। यस बाहेक अनुचित साधनहरूको उपयोग गरेको कारण पाँच उम्मेदवारको परिणाम रोकिएको छ।
सूचीमा क्रमश श्रेणिक मोहन सकला महाराष्ट्र, नव्या राजस्थान, सार्थक माहेश्वरी हरियाणा, कृष्णा शर्मा राजस्थान, पार्थ भारद्वाज राजस्थान, स्नेहा पारीक असम, अरूदीप कुमार बिहार, मृणाल गर्ग पञ्जाब, पेनिकलपति रवि किशोर आन्ध्र प्रदेश, पोलीसेट्टी कार्तिकेय आन्ध्र प्रदेश, रूपेश बियाणी तेलंगाना, धीरज कुरूकुन्डा तेलंगाना, जस्ती यशवन्त वीवी एस तेलंगाना, बुसा शिव नागा वेङ्कट आदित्य तेलंगाना, थमस बीजू चीरमवेलिल केरला, अनिकेत चट्टोपाध्याय तेलंगाना, बोया हरेन सात्विक कर्नाटक, मेन्डा हिमा वामसी आन्ध्र प्रदेश, कुशाग्र श्रीवास्तव झारखण्ड, कोय्याना सुहास आन्ध्र प्रदेश, कनिष्क शर्मा उत्तर प्रदेश, मयंक मोटवानी राजस्थान, पल्ली जलजाक्षी आन्ध्र प्रदेश र सौमित्र गर्ग उत्तर प्रदेश। यस साल दुवै सत्र (जून/जुलाई) को निम्ति कूल १०,२६,७९९ अद्वितीय (यूनीक) उम्मेदवारहरूले पञ्जीकरण गराए, जसमध्ये ९,०५,५९० उम्मेदवार परीक्षामा उपस्थित भए। सत्र-१ परीक्षा २४ जूनदेखि ३० जूनबीच आयोजित गरिएको थियो जबकि सत्र-२ को परीक्षा २५ देखि ३० जुलाईसम्म आयोजित गरिएको थियो। भारत बाहिर १७ शहरसहित परीक्षा ४४० शहरमा ६२२ परीक्षा केन्द्रहरूमा आय़ोजित गरिएको थियो।









