खरसाङ: पार्टीको सांगठनिक गतिविधिहरूलाई लिएर पार्टी कार्यकर्ताहरूसित सभा गर्नलाई खरसाङ आएका खरसाङ विधान सभा समष्टीका भाजपा विधायक बीपी बजगाईले आज खरसाङमा पत्रकार सम्मेलन गरी मिरिक क्षेत्रमा जनताको घर बनाई दिन्छु भनेर एउटा एनजीओले जनताबाट पैसा उठाएको आरोप लगाएका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै आज खरसाङमा आएर पार्टी कार्यकर्ताहरुसित भेटघाट गरी सांगठनिक विषयहरूमा सभा गरेको र सभामा आजादीको अमृत महोत्सव र घर घर तिरंगा कार्यक्रम विषयमा चर्चा गरिएको बताएका छन्। उनले हामी पनि खरसाङमा आगामी २० अगस्तको दिन भाषा दिवस पालन गर्ने विषयमा चर्चा परिचर्चा गरिएको बताएका छन्।
पत्रकारहरूले सोधेका विभिन्न स्थानहरूका उत्तरमा विधायक बीपी बजगाईले मिरिकको हिल ग्रिन अग्रि इनभारोमेन्ट प्रोटेक्शन वेलफेयर सोसाइटी नामक एनजीओले जनताबाट पैसा उठाएर ठग्ने काम गरेको भनी आरोप लगाउँदै उक्त एनजीओको तीनजनाको नाम लिन्दै केही दिन अघि मिरिक पुलिस थानामा लिखित रूपमा अभियोग दर्त्ता गरेको पनि बताएका छन्। य एनजीओको चेयरम्यान बिपिन तामाङ र अन्य दुईजना अर्जुन राई र मुकुमार तामाङ रहेको बताएका छन्। उनले आफु विधायक हुनु अघि नै यस्तो जानकारी पाए पनि जब मैले यसको प्रमाण पाए तबदेखि मैले यसमा यस्तो ठगीको विरोधमा मिरिक महकुमा शासकलाई र मिरिक पुलिस थानामा लिखित रूपमा अभियोग दर्त्ता गरेको बताएका छन्। विधायक बीपी बजगाईले यस ठगीमा लगभग ७ करोड़ बराबरको पैसा ठगि भएको तर अहिले सबैतिरबाट फोन आएको हिसाबले यो अझ बेसी भएर सय करोड़ पनि पुग्न सक्ने सम्भावना देखिएको पनि बताएका छन्। उनले यसमा उक्त एजीओले सन् २०१९ देखि ठग्ने कार्य गरेको र कसैबाट २२ हजार, कसैबाट २५ हजार, कसैबाट २६ हजार र कसैबाट त झन ७० हजारभन्दा बेसी पैसा उठाएको कुरा जान्नमा आएको बताएका छन्। विधायक बीपी बजगाईले पैसा एनजीओको नाममा संग्रह गरेर चेक चैं अरुको नाममा राखेको र यस्तो चेक थाक लागेर बसेको छ भनी आरोप लगाउँदै यत्रो ठूलो ठगी काण्डमा कुनै राजनैतिक दलको कि कुनै नेताको आशिर्वाद हुनसक्छ भनी बताएका छन्। विधायक बजगाईले मैले लगाएको आरोपमा स्पष्टीकरण दिन्दै एनजीओको दुईजनाले २५ हजार पैसा उठाएको स्वीकार गर्दै रड र बलुवा झारेको बताएको भन्दै भिडियो डाउनलोड गरेर राखेको जनाए। उनले अहिले मलाई विभिन्न ठाउँका जनताले फोन गरेर सुचित गरिरहेका छन् यो ठगी काण्ड विषयमा भन्दै कुनै पनि एनजीओले जनताबाट २५ हजार गरेर पैसा उठाएर साँढ़े चार लाखको घर बनाउन कसरी सम्भव हुन्छ भनी प्रश्न गर्दै यस्तो भारत सरकारको कुन योजना हो र राज्य सरकारको कुन योजना हो यो यसको खोजी हुँदैछ भनी बताएका छन्। उनले जनताले मलाई हाम्रो जियो ट्याग हुँदैछ भन्छन् तर एनजीओले बनाएको घरमा जीयो ट्याग हुन्छ र भनी प्रश्न गर्दै यस्तो ठगी कार्यमा सरकार लिप्त छ कि कुनै मन्त्री लिप्त छ भनी प्रश्न तेर्साएका छन्।
उनले यो एनजीओले जनताबाट पैसा ठगेको कुरा जसकोमा पनि छ सबैले मलाई मेरो मेलमा जानकारी दिन सक्ने र त्यसमाथि पूर्ण जाँच गराउन म पहल गर्ने पनि बताएका छन्। विधायक बीपी बजगाईले एनजीओले पैसा ठगी गरेको विषयमा कार्वाही गर्नलाई 72 घण्टाको समय दिँन्दछु र यदि 72 घण्टाभित्रमा पनि आरोपीहरू पक्राउ नगरे वा यस ठगीको कार्यमा जाँच शुरु नगरे उच्च निकायमा जाने बताएका छन् ।










