एनएफ रेलवेको डीआरएमद्वारा तीनधारे क्षेत्रको निरीक्षण भ्रमण

IMG-20220823-WA0125.jpg

लोकोशेडको खाली ठाउँलाई कमर्शियल रूपमा होटल, कार पार्किङ कि सार्वजनिक भवन निर्माणको लागि टेण्डर गराउने

खरसाङ: एनएफ रेलवेको डीआरएम अवकाशप्राप्त कर्नल एस चौधरी आज डीएचआरको १४२औं वर्षगाँठ कार्यक्रममा भाग लिनलाई तीनधारे आएका थिए। तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न कार्यक्रममा भाग लिन अघि डीआरएमले तीनधारेको मोटर स्ट्याण्ड अघिपट्टि रहेको लोकोशेड घरको पनि निरीक्षण गरेका थिए। उनीसितै एडीआरएम सञ्जय किरूवारवार, डेन सतीश ज्योति, डीएचआरको निर्देशक एके मिश्र, एरिया अफिसर नरेन्द्र मोहन लगायत अन्य रेलवे अधिकारीहरू पनि उपस्थित रहेका थिए।

डीआरएमतीनधारे आएको समय वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको प्रतिनिधिहरूले भेट गरी तीनधारेको लोकोशेक अहिले प्रयोगमा नआएको र खाली ठाउँ रहेकोले यहाँ सार्वजनिक भवन निर्माणको लागि दिने निवेदन गरेका थिए। वरिष्ठ नागरिक कल्याण संगठनको पक्षबाट सभापति दिपक प्रधान, सल्लाहकार पूर्ण मास्के, वाणी सिंह लगायत अन्यहरू उपस्थित रहेका थिए। वरिष्ठ नागरिक कल्याण संगठनको पदाधिकारीहरूक मांगलाई सुनेर यस विषयमा रेलवे ल्याण्ड डेभलोपमेन्ट अथोरिटीसित भेट गरी कुरा गर्ने सुझाव दिएका थिए। डीएचआरको १४२औं वर्षगाँठ कार्यक्रममा केही झण मात्र उपस्थिति दिएका डीआरएम एस चौधरीले बाहिर आएर पत्रकारहरूसित कुराकानी गर्दै आज तीनधारेमा डीएचआरको १४२औं वर्षगाँठ कार्यक्रममा भाग लिनलाई एकछिनको लागि आएको र सिलगढीमा पनि रेलवेको कार्यक्रम रहेकोले यहाँ केही झण बसेर गएको बताए।

डीआरएम चौधरीले तीनधारेको मोटर स्ट्याण्डमा जीर्णावस्थामा रहेको ठाउँलाई कमर्शियल रूपमा प्रयोग गर्नलाई होटल, कार पार्किङ कि त सार्वजनिक भवन निर्माण गर्नलाई प्रयोग गरिने क यसको लागि कसैलाई दिनु नसक्ने तर टेण्डर गरिने बताएका छन्। तीनधारे क्षेत्रमा रेलवे क्वाटरहरूमा बस्दै आएका मानिसहरूलाई क्वाटर खाली गर्ने भन्ने विषयमा रेलवेबाट आएको नोटिस विषयमा प्रश्न गर्दा यस विषयमा जानकारी नभएको र यस विषयमा कुरा बुझ्ने बताएका छन्।

About Author

Advertisement