एनएफएसए कार्यान्वयन सुदृढीकरणका लागि गान्तोकमा जागरूकता कार्यक्रम सम्पन्न

n6926690991765468396359822478cc25980d79a4fecca26079b8b193be172f96c12de02daa818c24435e38

गान्तोक: राज्य खाद्य आयोग र राज्य खाद्य तथा नागरिक आपूर्ति विभागको संयुक्त आयोजनामा राष्ट्रिय खाद्य सुरक्षा ऐन (एनएफएसए)–२०१३ को प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित एकदिवसीय जागरूकता कार्यक्रम तथा समन्वय बैठक आइतवार गान्तोकस्थित विभागको सम्मेलन कक्षमा सम्पन्न भयो।
कार्यक्रमको उद्देश्य एनएफएसए तथा यसअन्तर्गतका विभिन्न कल्याणकारी योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन सम्बन्धित निकायहरूबीच समन्वय सुदृढ गर्नु रहेको आयोजकहरूले बताए।
मुख्य अतिथि खाद्य तथा नागरिक आपूर्ति विभागकी सल्लाहकार बीना राईले पीडीएस लाभ तथा कल्याणकारी योजनाहरूलाई कमजोर तथा वास्तविक लाभार्थीसम्म नै केन्द्रित गर्न विभागले गरेको प्रयासको प्रशंसा गरिन्। उनले राज्य खाद्य आयोगको अनुगमन संयन्त्र प्रभावकारी रहेको उल्लेख गर्दै पञ्चायत तहमा समेत यस्ता जागरण कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन्।
विभागकी सचिव नोरजिङ छेरिङले एनएफएसएअन्तर्गत भइरहेका गतिविधिबारे विस्तृत जानकारी प्राप्त गर्न अवसर मिलेपछि आयोगप्रति धन्यवाद व्यक्त गर्दै दुर्गम क्षेत्रका नागरिक पनि बञ्चित नहुने गरी योजनाको लाभ पुर्‍याउन सबै सरोकारवालालाई संयुक्त रूपमा काम गर्न आह्वान गरिन्।
राज्य खाद्य आयोगका अध्यक्ष डा. एस.के. राईले खाद्य सुरक्षासम्बन्धी सेवाको पारदर्शी तथा जवाफदेही वितरण सुनिश्चित गर्न आयोगले हालै अघि सारेका कदमहरूको विवरण प्रस्तुत गर्दै विभागलाई निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गरे।

About Author

Advertisement