एनएचपीसीको आयोजनमा रक्तदान शिबिर सप्पन्न

IMG-20220614-WA0154.jpg

मङपु(केशर मोक्तान): बिश्व रक्तदान दिवसको अवसरमा
एनएचपीसी रम्बी अनि कालेबुङ जिल्ला रक्तदान केन्द्रको सयुक्त आयोजनामा आज स्थानीय एनएचपीसी डिस्पेनसरी भवनमा रक्तदान शिबिरको आयोजना गरियो।रक्तदान शिबिरको उद्घाटन एनएचपीसी महाप्रबन्धक ए. के. ग्रोबर गरेका थिए।
आजको रक्तदान शिबिरमा एनएचपीसीमा कार्यरत रम्बी अनि कालीझोडाका सीआईएसएफ जवानहरु साथै एनएचपीसीका कर्मचारीगणले ४७ युनिट रक्त संग्रह गरेर कालेबुङ ब्लड ब्याङकलाई हस्तान्तरण गरियो। आजको कार्यक्रममा एनएचपीसी चरण तीन अनि चारका समुह महाप्रबन्धक ए. के. ग्रोबर, सीआईएसएफ युनिट एसिटेन्ट कमान्डेन्ट अनिल गौड; डा. एस. के दास; सीएमओ राजेश गुप्त; डा. अनिता लाक्रा; कालेबुङ रक्त सङ्ग्रह केन्द्रका डा. स्वरुप कुमार खान; एनएचपीसीका डक्टर शैलेन्द्र कुमार साथै एनएचपीसी अधिकारीगण लखन हिङगल; शासधर दास लगायत स्वस्थ्य कर्मी उपस्थित थिए। स्मरण रहोस् सीआईएसएफका जवानहरुले देशको सुरक्षा; विधुत परियोजनाको सुरक्षा संगै प्रत्येक बर्ष रक्तदान पनि गर्दै आईरहेको छ। रक्तदान नै जीवनदान हो भन्ने मुलमन्त्र लाई शिरोपर गर्दै एनएचपीसीले प्रत्येक बर्ष नै रक्तदान गर्दै आईरहेको छ।

आज प्रमुख अतिथि ए. के. ग्रोबरको बाहुलीबाट रक्तदान गर्ने ब्यक्तिहरुलाई फल अनि उपहार प्रदान गरियो।

About Author

Advertisement