एनआइटीका निर्देशकसहित अधिकारीहरूले गरे राज्यपालसँग भेट

IMG-20240910-WA0314

गान्तोक: देउरालीस्थित नामग्याल इन्सटीट्युट अफ् टिबेटोलजीका निर्देशक पासाङ डी फेम्पु साथै अन्य अधिकारीहरूले आज राज्यका राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा शिष्टाचार भेट गरे। उल्लेखनीय छ, राज्यपाल माथुर उक्त संस्थानका अध्यक्षकोरूपमा कार्य गरिरहेका छन्। यस अवसरमा निर्देशक पासङ डी फेम्पुले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा भगवान बुद्धका शिक्षाको प्रचार प्रसारमा प्राथमिक केन्द्रित रहेको संस्थाको ऐतिहासिक पृष्ठभूमि, कार्य गर्ने उद्देश्य र उद्देश्यहरूको रूपरेखा गरे।
राज्यपालले प्रस्तुतिको लागि प्रशंसा व्यक्त गर्दै यस संस्थाको निरन्तर प्रगति र उपलब्धिहरूको लागि राजभवनबाट शुभकामना र समर्थन रहेको अवगत गराए।

About Author

Advertisement