एट्लेटिकोलाई पराजित गरी कोपा देल रे-को फाइनलमा पुग्यो बार्सिलोना

IMG-20250403-WA0214

म्याड्रिड: बार्सिलोनाले चरम रोमाञ्चक जीत हासिल गरी कोपा देल रे (स्पेनिश कप) फूटबल टुर्नामेण्टको फाइनलमा स्थान बनायो। बार्सिलोनाले बुधवार राति खेलिएको सेमिफाइनलको दोस्रो लेगमा लड़ाकू एट्लेटिको म्याड्रिडलाई १-०-ले पराजित गऱ्यो। यसअघि २६ फरवरीमा खेलिएको सेमिफाइनलको पहिलो लेग ४-४-ले ड्र रहेको हुनाले बार्सिलोना समग्रमा ५-४-ले विजेता बन्यो। एट्लेटिको म्याड्रिडले आफ्नो होम ग्राउण्डमा खेलिएको दोस्रो लेगको म्याचमा बार्सिलोनालाई कड़ा चुनौती दिए पनि जीत हासिल गर्न सकेन। म्याचमा ५७ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाबाट फेरान टोरेसले २७औं मिनटमा गोल गरे। अन्तमा त्यही गोलले बार्सिलोनालाई जीत दिलायो। बार्सिलोनाले अब फाइनलमा आफ्नो चीरप्रतिद्वन्द्वी रियल म्याड्रिडको चुनौती स्वीकार्नेछ। रियल म्याड्रिडले सेमिफाइनलमा रियल सोसिएदादलाई समग्रमा ५-४-ले पराजित गऱ्यो। पहिलो लेगमा रियल म्याड्रिडले १-०-ले जीत हासिल गरेको भए पनि दोस्रो लेगमा रियल सोसिएदादले उत्कृष्ट प्रदर्शन गर्दै म्याचलाई रोमाञ्चक बनायो। अन्तमा एण्टोनियो रुडिगरले ११५औं मिनटमा दिलाएको गोलले रियल म्याड्रिडलाई सेमिफाइनलमा पुऱ्यायो। फाइनल म्याच २६ अप्रेलमा हुनेछ। बार्सिलोनाले यस टुर्नामेण्टमा ३१ पल्ट खिताब जितिसकेको छ। यसरी रियल म्याड्रिड २० पल्टको च्याम्पियन टीम हो।

About Author

Advertisement