एटीपी ऱ्यांकिंगः कार्लोस अल्काराज शीर्ष स्थानमा कायम

IMG-20230801-WA0139.jpg

१ अगस्तः फ्रान्सीसी टेनिस खेलाड़ी अर्थर फिल्स एटीपी ऱ्यांकिंगको शीर्ष ५०-मा पुगेका छन् जबकि कार्लोस अल्काराज शीर्ष स्थानमा कायम छन्। यूरोपियन ओपनको खिताब जितेपछि जर्मनीका अलेक्जेण्डर ज्वेरेव पनि तीन स्थान अघि बढ़ेर १६औं स्थानमा पुगेका छन्। गत हप्ताको प्रदर्शनको आधारमा हासिल भएको ५०० अंकको सहायताले ज्वेरेव ऱ्यांकिंगमा अघि बढ़्न सफल भए। विश्वका पूर्व नम्बर तीन खेलाड़ी स्टान वावरिंका प्लावा लगुना क्रोएशिया ओपन उमागको फाइनलमा पुगेपछि अक्टोबर २०२१ पछि पहिलोपल्ट शीर्ष ५०-मा फर्किएका छन्। एटीपी २५०-मा हार्ड कोर्टमा आफ्नो प्रदर्शनको परिणामस्वरूप अलेक्जेण्डर वुकिकले २० स्थानको सुधार गरी करियरको सर्वश्रेष्ठ ६२औं ऱ्यांकिंग हासिल गरेका छन्। उनले फाइनलमा शीर्ष वरीयता प्राप्त अमेरिकाका टेलर फ्रिट्जलाई तीन सेटमा पराजित गरेका थिए।
उमागको सेमिफाइनलमा स्थान बनाउने माटेओ अर्नाल्डी पनि आफ्नो करियरको सर्वश्रेष्ठ ६४औं स्थानमा पुगेका छन्। यस साल अल्नाल्डीले तीनजना च्यालेञ्जर्सलाई पराजित गरेका छन् अनि म्याड्रिडमा केस्पर रुडलाई पराजित गरी शीर्ष दशको म्याच जितेका थिए। ऱ्यांकिंगको शीर्ष दशमा कुनै बद्लाउ भएको छैन। स्पेनका अल्काराज शीर्ष स्थानमा कायम छन्। त्यसपछि सर्बियाका नोवाक जोकोविच दोस्रो अनि रुसका दानिल मेदवेदेव तेस्रो स्थानमा छन्। यानिक सिनर, टेलर फ्रिट्ज र फ्रान्सिस टियाफोले पनि शीर्ष दशमा स्थान कायम राखेका छन्।

About Author

Advertisement