एटीटीसीले पालन गऱ्यो रजत जयन्ती

IMG-20241107-WA0297

सांसद सुब्बाले इन्क्युबेशन सेल स्थापनाको निम्ति १५ लाख दिने गरे घोषणा

गान्तोक: सिङतामस्थित बरदाङमा सञ्चालित एडभान्स टेक्निकल ट्रेनिङ सेन्टर (एटीटीसी)-ले आज रजत जयन्ती भव्यरूपमा पालन गऱ्यो। क्षमता विकास र प्राविधिक शिक्षाप्रति संस्थाको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने महत्वपूर्ण कोसेढुङ्गाको रूपमा, यसको प्रशासनले आविष्कारहरू र इच्छुकहरूलाई समर्थन गर्न समर्पित इन्क्युबेशन सेल स्थापना गर्ने योजना घोषणा गरेको छ। यो इन्क्युबेशन सेलले युवा, प्रतिभाशाली व्यक्तिहरूलाई आफ्ना विचारहरूलाई अघि सार्न, परियोजनाहरू विकास गर्न र अन्ततः यस क्षेत्रको आर्थिक वृद्धि र अवसरहरूमा योगदान दिनको लागि एक आवश्यक प्लेटफर्म प्रदान गर्ने जानकारी गराएको छ।
उक्त कार्यक्रममा लोकसभा सांसद इन्द्र हाङ सुब्बा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। सासंद सुब्बाले यो पहलले युवाहरूलाई आफ्नो क्षमताको अन्वेषण गर्न, नवप्रवर्तन गर्न र प्रभावकारी उद्यमहरू पछ्याउन प्रेरित विश्वास व्यक्त गरेका छन्। यसै क्रममा उनले इन्क्युवेसन सेल स्थापना गर्नको निम्ति सांसद कोषबाट १५ लाख प्रदान गर्ने घोषणा गरेका छन्। यस प्रकारको योगदानले एटीटीसीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा युवा उद्यामीहरू र आविष्कारकहरूलाई फराकिलो पार्नमा वातावरण सिर्जना गर्नमा सहयोग पुग्न सक्ने सम्भावना व्यक्त गरे।

About Author

Advertisement