एटीटीसीमा विद्यार्थी परामर्श कार्यक्रम

IMG-20250506-WA0310

गान्तोक: बरदाङस्थित एडभान्स टेक्निकल ट्रेनिङ सेन्टर (एटीटीसी) मा विद्यार्थीहरूलाई लिएर परामर्श कार्यक्रम आयोजन गरियो। यस अवसरमा एसआइएसटीका सहायक प्रोफेसर डा. सीपी खतिवडाले संस्थानको पृष्ठभूमि र भर्ना प्रक्रियाबारे विस्तृतरूपमा जानकारी गराए। सोही प्रकारले सिभिल इञ्जिनियरिङकी सहायक प्रोफेसर डा. प्रेरणा शर्माले संस्थानमा भर्ना हुने इच्छुक विद्यार्थीहरूको निम्ति योग्यता मापदण्डबारे जानकारी गराउँदै बीटेक विषय अध्ययनको निम्ति विद्यार्थीहरूलाई अवगत गराइन्। यसरी नै एटीटीसीका प्राचार्य लोचन अधिकारीले कार्यक्रमबारेमा प्रकास पारे।

About Author

Advertisement