0हकी इण्डिया लीग (एचआईएल)-को निम्ति खेलाड़ीहरूका लिलामीको दोस्रो दिन बेल्जियमका मीडफिल्डर भिक्टर वेग्नेज सबैभन्दा महँगो खेलाड़ी रहे। वेग्नेजलाई सूरमा हकी क्लबले ४० लाख रुपियाँमा किन्यो। लिलामीको दोस्रो दिन ठूलो बोली हासिल गर्नेहरूमा नीदरल्याण्डका थिएरी ब्रिंकम्यान (३८ लाख रुपियाँ) र आर्थर वान डोरेन (३२ लाख रुपियाँ) पनि सामेल रहे। यी दुईजनाको निम्ति कलिंगा लान्सर्सले ठूलो बोली लगायो। टमस डोमिन (३६ लाख रुपियाँ)-लाई दिल्ली एसजी पाइपर्स र ब्लेक गोवर्स (२७ लाख रुपियाँ)-लाई तमिलनाडु ड्रेगन्सको फ्रेञ्चाइजीले हासिल गऱ्यो। यी विदेशी खेलाड़ीहरूका साथमा मोरियांगथेम रबीचन्द्र (३२ लाख रुपियाँ, कलिंगा लान्सर्स) र मोहम्मद राहिल मौसीन (२५ लाख रुपियाँ, तमिलनाडु ड्रेगन्स) जस्ता भारतीय खेलाड़ीले पनि असल अनुबन्ध हासिल गरे।










