एग्रिकल्चरल इन्जिनियरिङ कलेजमा सप्ताहव्यापी कार्यक्रमको समापन

IMG-20241125-WA0275

गान्तोक: रानीपुलको मार्चाकस्थित एग्रिकल्चरल इन्जिनियरिङ कलेज एण्ड पोष्ट हार्भेस्ट टेक्नोलोजीको १६औं वार्षिक कलेज सप्ताहको समापन आज विविध कार्यक्रमसितै भयो। गत १८ नोभेम्बरमा शुरु भएको सप्ताहव्यापी कार्यक्रममा विभिन्न कार्यक्रम समावेश गरिएको थियो। सप्ताहव्यापी कार्यक्रममा प्रतिभाशाली विद्यार्थीहरुले विभिन्न कला तथा प्रदर्शनी गरेका थिए। कार्यक्रममा शिक्षाविद प्रो. बीबी प्रधान मुख्य अतिथिका रुपमा उपस्थित थिए। प्रमुख अतिथि प्रो. बीबी प्रधानले विद्यार्थीको प्रस्तुतिको प्रशंसा गर्दै कार्यक्रम आयोजना गर्न विद्यार्थी, कर्मचारी र संकाय सदस्यहरूको सामुहिक प्रयासको सराहना गरे। साथै बागवानी कलेजका डीन डा एके पाण्डे विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। समापन समारोहमा कलेजका प्रो. डा. ए अनुराधा देवीले कार्यक्रमबारे जानकारी गराएकी थिइन्। कार्यक्रममा विद्यार्थीहरुद्वारा सांस्कृतिक नृत्य र गीतहरु प्रस्तुत गरेका थिए। त्यसपछि समापन कार्यक्रमसँगै पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो। जहाँ विभिन्न खेलकूद, साहित्यिक र सांस्कृतिक कार्यक्रममा बिजेताहरुलाई प्रमुख अतिथि र विशिष्ट अतिथिले ट्रफी, मेडल र स्मृति चिन्ह प्रदान गरिएको थियो। आफ्नो सम्बोधनमा डा. एके पाण्डेले विद्यार्थीहरूको सक्रिय सहभागिता र प्रतिभा प्रदर्शनीको प्रशंसा गरे। प्रमुख अतिथि प्रा. बीबी प्रधानले विद्यार्थीको प्रस्तुतिको प्रशंसा गर्दै कार्यक्रम आयोजना गर्न विद्यार्थी, कर्मचारी र संकाय सदस्यहरूको सामुहिक प्रयासको सराहना गरे। प्रो. एनएस चौहानले विद्यार्थीहरूलाई उनीहरूको उत्साहजनक सहभागिताका लागि बधाई दिए।

About Author

Advertisement