एक सय वर्ष पुग्न लागेका वृध्दद्वारा पनि मतदान

खरसाङ: आज २६ जूनको दिन भईरहेको जीटीए चुनावमा एकजना १०० वर्ष पुग्न लागेका वृध्दले पनि भोट हालेका छन्। खरसाङको तीनधारे महानदी समष्टि अन्तर्गत पर्ने सिविटार चियाबारीको सरस्वती प्राथमिक पाठशालामा लगभग १ देखि २ किलोमीटरसम्म पैदल नै आएर आफ्नो भोट हालेका छन्। उनी सिविटारको बाघमारा बस्ती निवासी चन्द्रवीर लामा ( स्याङदेन म्हेम्हे) हुन्। उनी अहिले ९९ वर्ष पुगेका छन् भने अबको केही महिनामा १०० वर्ष पुग्ने जानकारी प्राप्त भएको छ। उनले पनि आएर जीटीए चुनावमा भोट हालेका छन्।

About Author

Advertisement