एक व्यक्ति प्रतिबन्धित नशालु पदार्थसहित पक्राउ

गान्तोक: एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थसहित रम्फू थाना पुलिसले पक्राउ गरेको छ। पुलिसले पक्राउ गरेको व्यक्तिको नाम साने दावा शेर्पा रहेको बताइएको छ।सूत्रहरूको सूचनाको आधारमा साङ्गे दावा शेर्पाको जाँच गर्दा १९ वटा निलो रंगको क्याप्सुल र १० वटा नाइट्राजेपाम ट्याबलेट भेटियो।
यसै गरी, सोधपुछपछि रम्फूको स्थानीय एउटा जङ्गलबाट १०७८ वटा क्याप्सुल र १६ वटा नाइट्राजेपाम ट्याबलेट भेटियो। रम्फू निवासी आरोपित व्यक्ति विरूद्ध साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।

About Author

Advertisement