एक व्यक्तिले काँट्यो आफ्नै गुप्ताङ्ग

Man-chops-off-his-own-penis.jpg

बाक्सा: बाक्सा जिल्लाको उलुबारी शान्तिपुर क्षेत्रमा दुई नानीको पिताले आफ्नो गुप्ताङ्ग कॉटेको घटना प्रकाशमा आएको छ। आज बिहानै उलुबारी शान्तिपुर निवासी राजेश दास (३५) नाम गरेको व्यक्तिले आफ्नो गुप्ताङ्ग काटेको थियो। स्थानीय मानिसहरूले व्यक्तिलाई रगतमा लतपत घाइते अवस्थामा देखेपछि उसलाई उपचारको निम्ति गम्भीर अवस्थामा अस्पतालमा भर्ती गराए। राजेश दासकी पत्नीले डेढ़ सालअघि एक अन्य पुरुषको साथ बिहे गरेकी थिइन्। तबदेखि राजेश मानसिक रूपमा तनावमा थियो। यो घटना पूरा क्षेत्रमा चर्चाको विषय बनेको छ।

About Author

Advertisement