एक युवतीसित सामूहिक दुष्कर्म गर्नेमध्ये एकजना आरोपी पक्राउ

b027b162-2fdb-4f27-94fe-32f41d0238d5-1024x576.jpg

बाघडुग्रा: एउटी युवतीलाई कामको प्रलोभन देखाएर घरमा लगेपछि सामूहिक दुष्कर्म गरेको घटनामा बाघडुग्रा थाना पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। जानकारी अनुसार गत १५ अगस्तको दिन बाघडुग्रा थाना अन्तर्गत एकजना युवतीलाई चिया बगानमा काम लगाइदिने प्रलोभन देखाएर आफुसित घरमा लिएर गए। यसपछि ६ जना युवकहरूले युवतीलाई मादक पदार्थ पिलाएर तिनीसित सामूहिक दुष्कर्म गरेको आरोप लगाइएको छ। घटनाको अर्को दिन युवती त्यस घरबाट भागिन् अनि तिनले आफ्नो घरमा पुगेर परिवारका सदस्यहरूलाई घटनाको विस्तृत जानकारी दिए। यसपछि पीड़ित परिवारको तर्फबाट बाघडुग्रा थानामा अभियोग दर्ता गरेपछि पुलिसले बाघडुग्राको हाँसखोवा निवासी नितिन टोप्पोलाई पक्राउ गरेको छ। आरोपी युवकलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले अन्य आरोपीहरूको पनि खोजी गरिरहेको छ। अर्कोतिर, पीडित परिवारले घटनाका दोषीहरूलाई कठोर सजाय दिनु पर्ने मांग गरेको छ।

About Author

Advertisement