एक युवकद्वारा प्रेममा तनाउको कारण आत्महत्या

deadbody.jpg

कुचबिहार: एक युवकले घाटीमा डोरी लगाएर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ।यो घटना माथा भाङ्गा सहरको १० नम्बर वार्डमा घटेको हो।एकजना युवकले प्रेम सम्बन्धले गर्दा तनाउमा आएर घाँटीमा पासो लगाएर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक युवक रूपम अधिकारीको रूपमा चिन्हित गरिएक छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार गत राति रूपमले आफ्नो भाइलाई आमाको राम्ररी हेरविचार गर्ने भनी बताए। तर कसैलाई थाहा थिएन कि रूपमले यस्तो कदम उठाउँछ भनेर। आज बिहान परिवारका सदस्यहरूले झुन्डिरहेको अवस्थामा रूपमको शव देखेपछि घटनाबारे माथाभाङ्गा पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। प्रेम सम्बन्धले गर्दा तनाउमा आएर रूपमले आत्महत्या गरेको परिवारका सदस्यहरूले बताए। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।

About Author

Advertisement