एक भारत श्रेष्ठ भारतको ध्वजवाहक अभियानअन्तर्गत युवा सङ्गम प्रतिनिधिमण्डल गान्तोकबाट ओडिशाका निम्ति प्रस्थान

00-1-Yuvasangam1

गान्तोक: विद्यार्थी र पाँचजना संयोजकहरू सम्मिलित युवा सङ्गम कार्यक्रमको टोलीलाई सिक्किम सरकारको शिक्षा विभागीय मन्त्रीद्वारा गान्तोकको एमजी मार्गबाट ओडिशाको अभिमुखी भ्रमणका लागि झण्डा हल्लाएर प्रस्थान गराइयो। यस अवसरमा शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाले लोकसभा सांसद इन्द्रहाङ सुब्बा, एनआईटी सिक्किमका निर्देशक प्रो. महेश चन्द्र गोविल, गान्तोकका जिल्लापाल तुषार निखारे, आईएएस र विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। विदाई कार्यक्रममा अर्जुन पुरस्कार विजेता प्रख्यात बक्सर जसलाल प्रधान र द्रोणाचार्य पुरस्कार प्रापक श्रीमती सन्ध्या गुरुङको पनि उपस्थिति रहेको थियो। एनआईटी सिक्किमद्वारा संयोजित युवा सङ्गम टोली २५ फरवरीमा ओडिशा पुग्ने कार्यक्रम रहेको छ। राज्यका सात उच्च शिक्षा संस्थानका विविध शैक्षिक विषयहरूबाट २५ युवाको टोली छनोट गरिएको थियो।

एनआईटी सिक्किमका निर्देशकले कार्यक्रममा उपस्थित विभिन्न विशिष्ट व्यक्तिसहित सहभागी र संयोजकहरूलाई परिचय गराउँदै भ्रमण कार्यक्रम र भ्रमण सञ्चालनमा भारत सरकारको दृष्टिकोणको बारेमा जानकारी गराए। ओडिशाबाट आउने विद्यार्थीहरूको भ्रमण योजना र गतिविधिबारे पनि संक्षिप्तमा साझा गरिएको थियो। शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाले सहभागीहरूसँग अन्तर्क्रिया गर्दै उनीहरूलाई यो अवसरको सदुपयोग गरेर ओडिशा राज्यको संस्कृति र परम्परा विषयमा ज्ञान हासिल गर्न तथा यात्राबाट फर्केर आएपछि आफ्ना सहयात्री साथीहरूसँग अनुभव साझा गर्न प्रोत्साहित गरे। उनले सहभागीहरूलाई आफूले भ्रमणमा सिक्किमको प्रतिनिधित्व गर्ने र आफूलाई राज्य राज्यको योग्य राजदूतको रूपमा प्रस्तुत गर्न र भ्रमणको क्रममा सिक्किमको समृद्ध संस्कृति र सौहार्दपूर्ण मनोवृत्ति प्रस्तुत गर्ने स्मरण गराए।

सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले पनि विद्यार्थीहरूलाई भारत सरकारको अद्भुत पहलबाट आनन्द लिन र सिक्न उत्प्रेरित गरे। उनले एनआईटी सिक्किमको नेतृत्व लिन र सही ढङ्गले कार्यक्रमको समन्वय गरी सिक्किमका हरेक भागका विद्यार्थीहरूको टोलीमा प्रतिनिधित्व गरेकोमा प्रशंसा गरे। एक भारत श्रेष्ठ भारत पहलअन्तर्गत युवा सङ्गम भारत सरकारको शिक्षा मन्त्रालयको प्रमुख कार्यक्रम हो। कार्यक्रमको उद्देश्य साझेदार राज्यहरूमा बहु-आयामिक अभिमुखीमार्फत भारतका विभिन्न राज्यका युवाहरूबीच भाइचारा र एकतालाई बढ़ावा दिनु हो। -पीआईबी

About Author

Advertisement