एकै रातमा एकै ठाउँ २७ सड़क दुर्घटना

Accident-Rep-Image

जोरहाट: जोरहाट जिल्लामा राष्ट्रिय राजमार्ग संख्या-३७ मा सटाई नजिक एकै राति एकै ठाउँ २७ सड़क दुर्घटनाहरू भयो। प्राप्त जानकारीअनुसार यी सबै दुर्घटनाहरू रातिको भएको हो।
प्रत्यक्षदर्शीहरू अनुसार, राष्ट्रिय राजमार्गमा चलिरहेको निर्माण कार्यको कारण सड़कको डायवर्शन गरिएको छ। धेरै दिनदेखि राज्यमा लगातार मूसलधारे पानी परिरहेको कारण कन्स्ट्रक्शन साइटमा राखिएको माटो बगेर सड़कमा आयो। माटो आएको कारण सड़कमा माटै-माटो भरिएको छ।
सड़कमा पहिलेदेखि नै ठूला-ठूला खाड़लहरू थिए, कन्स्ट्रक्शन कम्पनी खाड़लहरूको मरम्मती गर्नलाई लिएर उदासीन थियो। हिल्लोले भरेको कारण सड़कको खाड़ल देखिएको छैन, यसैले गर्दा रातको समय यहाँबाट जाने गाड़ीहरू दुर्घटनाको शिकार भइरहेका छन्। यी दुर्घटनाहरूमा धेरै जना घाइते भएर अस्पताल पुगिसकेका छन्। दुर्घटनाको शिकार हुने गाड़ीहरूमा अधिकांश दुई चक्के वाहन छन्। -हिस

About Author

Advertisement