एकीकृत मालेका नेता ऐन महरलाई पक्राउ गर्न एक महिलाले उच्च अदालत परिसरमा गरिन आत्मदाहको प्रयास

IMG-20241120-WA0321

पाटन: नेकपा एकीकृत मालेका नेता ऐन महरद्वारा पीडित भनिएकी एक महिलाले उच्च अदालत पाटन परिसरमा आत्मदाहकाे प्रयास गरेकी छिन्।
ऐन महरलाई पक्राउ गर्न माग गर्दै उनले शरीरमा पेट्राेल छर्किएर आत्मदाहकाे प्रयास गरेकी हुन्। उक्त प्रकरणमा महरलाई पक्राउ गरेर छानबिन गर्नुपर्ने माग गर्दै ती महिलाले उच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन्।
करिब वर्षदिन देखि उक्त मुद्धा पेशी चढ्दै स्थगित हुने गरेको थियो। बुधबार फेरि फेशी चढेको मुद्धा स्थगित नहोस् भन्ने दबाब दिन पाटन पुगेकी ती महिलाले आत्मदाहको प्रयास गरेकी हुन्।

About Author

Advertisement