पाकिम: पाकिम जिल्लामा सञ्चालित एग्रिकल्चरल म्यानेजमेन्ट एजेनसीले आज आधिकारिक रूपमा दलापचन्दमा एकीकृत जैविक खेती प्रणालीमाथि फार्म स्कूलको उद्घाटन गररी महेन्द्र राईलाई फार्म स्कूल शिक्षकमा नियुक्त गरेको छ।
सो फर्मको उद्घाटन कार्यक्रममा दलापचन्द ग्राम पञ्चायत यूनिटका पञ्चायत उपाध्यक्ष कमल के. शर्मा, पशुपालन विभागका उपनिर्देशक डा. प्रेरणा बराइली लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।
फार्म स्कूलको उद्घाटनले क्षेत्रमा एकीकृत जैविक खेती अभ्यासलाई प्रवर्द्धन गर्ने दिशामा एक महत्वपूर्ण कदम मानिएको छ। कार्यक्रम फलदायी बनाउन र स्थानीय कृषक समुदायमा फार्म स्कूलको सकारात्मक प्रभाव पर्ने आशा व्यक्त गरिएको छ।









