गान्तोक: गत १ जुलाईदेखि राज्यमा एकल प्रयोग प्लास्टिकमाथि सरकारले प्रतिवन्ध लगाएको छ। भारत सरकारद्वारा गत वर्ष नै एक अधिसूचना जारी गर्दै १ जुलाई २०२२ देखि एकल प्लास्टिकमाथि प्रतिवन्ध लगाउने जानकारी गराएको थियो। केन्द्र सरकारको उक्त निर्णयलाई कार्यन्वयन गर्न राज्य सरकार तत्पर रहको छ। राज्य सरकारले पनि उक्त आदेशलाई पालन गर्दै १ जुलाईदेखि राज्यमा एकल प्लास्टिकमाथि प्रतिनवन्ध लगाएको राजच्यको शहरी विकास विभाग सचिव एमटी शेर्पाले जानकारी गराए। आज राजधानीस्थित किसान बजारमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एकल प्लास्टिक प्रयोगबारे हाल सचेतना साथै विभिन्न बजारमा निरीक्षण गरिरहेको बताए। उनले जानकारी गराए अनुसार केन्द्र सरकारले जुलाई महिनाभरि व्यापारीवर्गलाई लिएर सचेतना कार्यक्रम आयोजना गर्ने निर्देश दिएको हुनाले यसलाई पालन गर्दै आइरहेको अवगत गराए। मानिसहरूले किन एकल प्लास्टिकको प्रयोग गर्छन भन्ने कुरामाथि सचिवले स्पष्टीकरण दिँदै यो सबैतिर कुनै पनि समयमा पाउन सकिने भएकोले यसको अधिक मात्रमा प्रयोग भइरहेको जानकारी गराए। यस विषयमा सचेत गराउनको निम्ति गत महिना राजधानीस्थित ठाकुरबाडी मन्दिरमा विभिन्न संघ संस्थाहरूलाई लिएर कार्याशाला आयोजचना गरिएको उनले थप बताए।










