गान्तोक: एकल प्लास्टिकको प्रयोगमाथि हिजोदेखि गेजिङमा दुई दिवसीय कार्यशाला शुरू भयो। गेजिङ जिल्ला प्रशासनको पहलमा आयोजित दुई दिवसीय कार्यशालामा गेजिङ नगर पञ्चायतका महिलाहरूले सहभागिता जनाएका थिए। जिल्ला भवनमा आयोजित यस कार्यशालामा कूल ३० जना महिलाहरूले अंशग्रहण गरेका थिए, जहाँ उनीहरूलाई एक प्लास्टिकको प्रयोग साथै यसबाट अन्य बस्तुहरू उत्पादन गर्नसकिने विषयमा तालिम प्रदान गरियो। स्रोतवक्ताकोरूपमा ग्याङयाप र योक्सम जीपीयूका अधिकारीहरू रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाले यस कार्यक्रम आयोजना गरिनुको लक्ष्य र उद्देश्यमाथि प्रकाश पारिन्। उनले आफ्नो सम्बोधनमा राज्यमा प्लास्टिकको प्रयोगमाथि प्रतिबन्धित लगाएता पनि यसबाट ठूलो परिमाणमा फोहर निस्कने भएकोले यसली पुनः प्रयोगमा ल्याउन कार्यशालाको कार्यशालाको आयोजना गरेको बताइन्।










