एकनाथ शिन्ड़ेको सरकार ६ महिनाभित्र ढल्ने शरद पवारको दाबी

Sharad-Pawar-Eknath-Shinde

मुम्बई: एनसीपी अध्यक्ष शरद पवारले एकनाथ शिन्ड़े   सरकार कम्तिमा ५-६ महिनाको पाहुना भएको बताएका छन्। तर, यसबीचमा महाराष्ट्र विधान सभामा एकनाथ शिन्ड़े  ले बहुमत हासिल गरेका छन्। सरकारको पक्षमा १६४ र विपक्षमा ९९ मत परेको थियो। पवारले आफ्ना पार्टीका नेताहरूलाई मध्यावधि चुनावका लागि तयार रहन भनेका छन्। सञ्चारमाध्यमसँग कुरा गर्दै पवारले यस्ता सरकारको धेरै भविष्य नहुने बताए। शिन्ड़े   मुख्यमन्त्री बनेपछि पनि पवारले आश्चर्य व्यक्त गरेका थिए। उनले भनेका थिए कि भाजपाले शिन्ड़ेलाई मुख्यमन्त्री बनाउने कसैले कल्पना पनि गरेको थिएन। उनले देवेन्द्र फडणवीस उपमुख्यमन्त्री बनेकोमा पनि आलोचना गरेका छन्।

About Author

Advertisement