एकदिवसीय ‘सम्प्रीति कप’ फुटबल प्रतियोगिता आमबाडीमा समपन्न

IMG_20220904_165241.jpg

राजगञ्ज: एक दिवसीय ‘सम्प्रीति कप’ फुटबल प्रतियोगिता आमबाडीमा आयोजना गरियो। राजगञ्ज खण्डको युवा तृणमूल कङ्ग्रेसको तत्वावधानमा आमबाड़ी चिन्तामोहन उच्च विद्यालयको खेल मैदानमा यस फुटबल प्रतियोगिताको आयोजना गरियो। यस फुटबल प्रतियोगितामा राजगञ्ज विधानसभाको बिन्नागुड़ी, मन्तादारी, शिकारपुर, पानीकौरी, सुखानी, कुकुरजान, माझियाली र संन्यासीकाटा अञ्चलको विभिन्न फुटबल टोलीले अंश ग्रहण गरेको छ। यसबारे डीपीएससी का चेयरम्यान लक्षमोहन रायले भने, सम्प्रीति कप फुटबल टुर्नामेन्ट गत दुई वर्षदेखि सम्पन्न भइरहेको छ।

About Author

Advertisement