एकतर्फी जीतको साथ बसन्त एफसी फाइनलमा

photocollage_20239411318772.jpg

४ सेप्टेम्बरः न्यू जेनेरेशन फूटबल एसोसिएशन, बुङुकुलुङको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार पहिलो सेमिफाइनल म्याच खेलियो। मिरिकको सौरेनी नजिक बुङकुलुङ बस्ती खेल मैदानमा भएको म्याचमा बसन्त एफसी-ले पानीघट्टा एफसी-लाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रोहिन सुब्बाले ह्याट्रिकसहित ४ गोल गरे। उनले म्याचको पहिलो, १७औं, ३९औं र ६४औं मिनटमा गोल गरे। यसबाहेक एक गोल निमा तामाङले १०औं मिनटमा गरे। यसरी पानीघट्टा एफसी-बाट शुभम राईले १ गोल गरे। म्याच हारे पनि पानीघट्टा एफसी-का गोलकीपर आकाश परिवारलाई प्लेयर अव् द म्याच चयन गरियो। अब १० सेप्टेम्बरमा खेलिने दोस्रो सेमिफाइनलमा सीडर्स एफसी र सालबारी एफसी-बीच भिड़न्त हुनेछ। फाइनल १७ सेप्टेम्बरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement