एकजनाको पनि नाम काटियो भने राजिनामा दिन्छु भनेर सांसदले ढाँट्ने काम गरिरहेछ: बन्दना राई

IMG-20260411-WA0121

सोनादा: हामीले गोर्खा जातिले न्याय पाउनुपर्छ परिवर्तनको नाराको साथमा चुनाव मैदानमा उत्रेका छौँ। बन्द कमानहरुको लागि काम गर्नेछौं।यसको लागि कानुनी तौरमा र एकजना विधायकको क्षमता अनुसार पनि काम गर्नेछौं परिवर्तनको हिसाबमा काम‌ गर्ने ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको उम्मेद्वार बन्दना राईले बताएकी छन्। उनले विगतमा विधायकमा जितेर गएपछि कता हरायो थाहा छैन, कसैले आफ्नो विधायक चिनेन पनि तर हामीले क्षेत्रीयता बचाउनुपर्छ भनी बताइन्। उनले भनिन्, ‘हाम्रो भाषा, हाम्रो संस्कृति बचाएर राख्नलाई क्षेत्रीयता बचाउनु हो।’
उनले भनिन् ,’२०२४ को सांसद भोटमा गोर्खाल्याण्ड हुँदैन भने पीपीएस देऊ, ११ जात गोष्ठीलाई जनजाति दिनु भनेको तर केही दिएन। तर अहिले आएर बंगालमा केको पीपीएस? बंगालले दिनसक्छ र पीपीएस? म‌ूर्ख प्रार्थी होइन। म भित्ता होइन। हाम्रो एकजना भाइ छ नि पहाडको वरिष्ठ नेताहरु बिमल दाजु, मन दाजु,मनोज देवान दाजु सबै मिलेर लिएर आएको तर ऊ पो अहिले गोर्खाको नेता हरे? तपाईंको स्थान छैन यहाँ। टाउकोमा टेक्यो। हामी पहाडको मान्छेलाई खेदाउँछु‌ भन्दा हुन्छ? यो कुरा नसोध्दा हुन्छ। उ यहाँ जन्मेको हो‌ र? हाम्रो सिनियर लिडरहरु पो घुसपैठी हरे? तपाईं पो घुसपैठी होला। तपाईं पो मणिपुरबाट आएको होइन? हामी त यही जन्मेका हौँ।’
बन्दना राईले सांसद राजु विष्ट र जीटीए प्रमुख अनित थापाको खोइयो खनेकी छन्। बन्दना राईले सांसद राजु विष्टमाथि कटाक्ष गर्दै भनिन् ‘तपाईंले टाउकोमा टेक्यो। हामी पहाडको मान्छेलाई खेदाउँछु‌ भन्नु नसोच्दा पनि हुन्छ। तपाईंको भाषा हामीसित मिल्दैन पनि। हाम्रो परिचय संकट छ भन्दैमा हामीमाथि नाच्दा हुन्छ र?’
उनले आरोप लगाउँदै भने, हाईवेमा सूर्य कम्पनीको गोटी छापेका छौं। त्यसको खिलाफ परिवर्तन हो। १० हजार करोड सांसदले ल्याएको होइन त्यो त केन्द्र सरकारले दिएको हो।’
राईले एसआईआर विषयमा बोल्दै भनिन्, ‘एसआईआर राष्ट्र विरोधी पटक्कै होइन,हामीले स्वीकार गरेका छौँ। तर एकजनाको पनि नाम काटियो भने राजिनामा दिन्छु भनेर ढाँटेका छौँ। महाकाल बाबाको कसम खाएर ढाटेका छौँ। तर यसरी ढाट्नु हुँदैन।‌ सांसदले सुप्रिम कोर्टमा गएर एसआईआरमा डिलिट हुनेहरुको नाममाथि स्टे अर्डर लगाएर आउनु। राजीनामा दिन्छु भनेको होइन‌। आबो तपाईं जाँदा हुन्छ। अब हामी हाम्रो सही र असल व्यक्तिलाई बाई इलेक्शन गराएर सांसद बनाउनेछौं।‌’

About Author

Advertisement