एएसडीईएद्वारा एएसजीईए नयाँ नेतृत्वलाई बधाई, मुख्यमन्त्री तामाङको पहलप्रति कृतज्ञता

n70520771817739504056476502bbed1194ca8d1febac9520e69f1fa6460a7f23cb923469a3255beef85afb

गान्ताेक: अल सिक्किमीज डिप्लोमा इन्जिनियर्स एसोसिएशन (एएसडीईए) ले अखिल सिक्किम सरकारी कर्मचारी संघ (एएसजीईए) ग्रुप सी र डी का नवनिर्वाचित अध्यक्ष सोमनाथ अधिकारीसहित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
संघको स्थायी कार्यकारी निकाय लगभग दुई दशकपछि गठन हुन सकेकोमा एएसडीईएले मुख्यमन्त्री प्रेमसिंह तामाङको गतिशील र दूरदर्शी नेतृत्वप्रति विशेष कृतज्ञता प्रकट गरेको छ। एएसडीईएले यो उपलब्धिलाई कर्मचारी हितमा महत्वपूर्ण उपलब्धि भएको बताएको छ।
एएसडीईएकी प्रचार सचिव छुमिला भोटियाले आज जारी प्रेस विज्ञप्तिमा सरकार कर्मचारीहरूको पक्षमा निरन्तर सकारात्मक रहेको र उठाइएका वास्तविक मागहरूमा संवेदनशील रूपमा प्रतिक्रिया दिँदै आएको बताएकी छन्। उनका अनुसार ग्रुप सी र डी कर्मचारीहरूको समस्या समाधानका लागि एक संरचित र मर्यादित मञ्चको आवश्यकता थियो, जुन अब स्थायी निकायको गठनसँगै पूरा भएको छ।
उनले निर्वाचन प्रक्रिया सहज, पारदर्शी र सफल रूपमा सम्पन्न गराएकोमा निर्वाचन आयोगप्रति पनि आभार व्यक्त गरेकी छन्। साथै, महासचिव पदमा मनोनित अभिषेक खरेलको विजयलाई संघ मात्र नभई सम्पूर्ण इन्जिनियरिङ समुदायका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरिएको छ।
एएसडीईएले नवनिर्वाचित कार्यसमितिप्रति पूर्ण विश्वास व्यक्त गर्दै उनीहरूले इमानदारी, प्रतिबद्धता र जिम्मेवारीका साथ संगठनको नेतृत्व गर्ने विश्वास प्रकट गरेको छ।

About Author

Advertisement