एएनएम नर्स जानु पाण्डेलाई राज्यपालले दिए हार्दिक बधाई

IMG-20240911-WA0299

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले स्वास्थ्य क्षेत्रमा दामथाङकी एएनएम नर्स जानुका पाण्डे प्रतिष्ठित फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार २०२४ ले सम्मानित बनेकोमा हार्दिक बधाई दिएका छन्।
राज्यपालले आज जारी आफ्नो बधाई सन्देशमा भनेका छन्, ‘श्रीमती जानुका पाण्डेलाई उनको समर्पित सेवा र अद्वितीय योगदानको निम्ति प्रतिष्ठित फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार २०२४ ले सम्मानित गरिएकोमा हार्दिक बधाई।’
उल्लेखनीय छ, यो पुरस्कार राष्ट्रपति द्रौपदी मुर्मूले आज, ११ सेप्टेम्बरका दिन नयॉं दिल्लीको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा प्रदान गरेकी छन्।

About Author

Advertisement