उर्गेन तामाङलाई देश फर्काएर ल्याउन रूसमा भारतीय दूतावासले यथासक्य गरिरहेको छ

russia_ed4e44.jpg

कालेबुङ: २२ मार्च, २०२४ मा मलाई एउटा भीडियो प्राप्त भएको थियो जसमा कालेबुङ वार्ड १९ का श्री उर्गेन तामाङले रसियाबाट उद्धार गरिपाउँ भनी अनुरोध गर्नुभएको थियो जहाँ उहाँलाई धोखाले रसियाली सेनामा भर्ती हुन बाध्य गरिएको थियो। मैले तत्कालै केन्द्रीय परराष्ट्र मामिला मन्त्री डा. एस. जयशङ्करज्यू र रूसमा हाम्रो भारतीय दूतावासका अधिकारीहरूसँग सम्पर्क गरेको थिएँ। मैले यस मामिलाको सम्बन्धमा नियमित रूपले अनुगमन पनि गरिरहेको छु। आज मलाई परराष्ट्र मामिला मन्त्रालयका अतिरिक्त सचिव (ERS) श्री चरणजीत सिंहबाट एउटा नोट प्राप्त भएको छ जसमा उहाँले जनाउनुभएअनुसार, “मास्कोमा भारतीय दूतावासले श्री उर्गेन तामाङको चाँड़ो स्वेदश फिर्तिको सम्बन्धमा रसियाली अधिकारीहरूसँग कुरा गरिरहेको छ। अन्य भारतीय नागरिकहरूलाई रसियाली सेनामा भर्ती गर्न धोखाले लगिएको व्यापक मामिलालाई भारतीय विदेश सचिवले नयाँ दिल्लीमा रसियाली राजदूतसँग पनि उठाउनुभएको छ। यो मामिला उच्चतम प्राथमिकतामा रहेको छ। भारत सरकारले सदैव विदेशमा भारतीयहरूको निरापदता, सुरक्षा अनि कल्याण सुनिश्चित गर्नेछ।”
म माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू, परराष्ट्र मामिला मन्त्री डा. जयशङ्करज्यू, अनि रसियामा भारतीय दूतावासका समस्त अधिकारीहरूप्रति आभारी छु कि हाम्रा भाई उर्गेन तामाङलाई बचाएर स्वदेश ल्याउने विषयलाई उहाँहरूले प्राथमिकता दिनुभएको छ।उर्गेनज्यूलाई चाँड़ै नै सुरक्षित उद्धार गरिने छ भन्ने हामीलाई पूर्ण आशा छ।
उहाँको सुरक्षित फिर्तिका लागि कृपया सबैले प्रार्थना गरिदिने निवेदन गर्दछु।

राजु बिष्ट
लोकसभा सांसद, दार्जिलिङ एवं
राष्ट्रीय प्रवक्ता, भारतीय जनता पार्टी

About Author

Advertisement