उपराष्ट्रपति राधाकृष्णनलाई भुवनेश्वरमा भव्य स्वागत​

FB_IMG_1783598085915

भुवनेश्वर: ​भारतका उपराष्ट्रपति सी. पी. राधाकृष्णन आज ओडिशाको राजधानी भुवनेश्वरस्थित बिजू पटनायक अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा उहाँलाई भव्य स्वागत गरिएको छ। उपराष्ट्रपति पद सम्हालेपछिको यस भ्रमणका क्रममा विमानस्थलमा उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए।​विमानस्थलमा उपराष्ट्रपति राधाकृष्णनलाई ओडिशाका राज्यपाल डा. हरी बाबु कम्भम्पाटी, मुख्यमन्त्री मोहन चरण माझी र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधान लगायतका अन्य विशिष्ट महानुभावहरूले पुष्पगुच्छासहित औपचारिक स्वागत गर्नुभएको थियो। आफ्नो भ्रमणका क्रममा उपराष्ट्रपतिले यहाँ आयोजना हुने विभिन्न उच्चस्तरीय कार्यक्रमहरूमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

About Author

Advertisement