उपचुनाउको लागि नाम्चीमा भोटिङ मशीन जाँच शुरु

IMG-20241022-WA0284

नाम्ची: नाम्ची–सिङ्गीथाङ निर्वाचन क्षेत्रमा हुने आगामी उपचुनाउलाई लिएर जिल्ला निर्वाचन कार्यालयले सक्रियता देखाएको छ। जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापालको निर्देशनमा आज नाम्चीका जम्मा १९ मतदान केन्द्रमा इलेक्ट्रोनिक भोटिङ मसिन (इभिएम) र भोटर भेरिफायबल पेपर अडिट ट्रेल (भीभीपीएटी) जाँच प्रक्रिया पूरा गरिएको छ। चुनाउ अघि विभिन्न मतदान केन्द्रहरुमा पठाउनलाई प्रशासनले यसरी जाँच कार्य पूरा गर्ने नियम रहेको छ। नाम्ची जिल्ला प्रशासन कार्यालयको सम्मेलन कक्षमा सम्पन्न जाँच कार्यमा निर्वाचन अधिकारीहरु, जिल्ला प्रशासनका अधिकारीहरु लगायत पुलिस अधिकारीहरु उपस्थित थिए। जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापल अनुपा ताम्लिङको निगरानीमा यो प्रक्रिया पूरा भएको थियो। उल्लेख्य छ, आगामी १३ नोभेम्बपरको दिन राज्यको ३२ निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा उपचुनाउको घोषणा भएको छ। यसको लागि सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका दुई उम्मेद्वारले हिजो नामाङकन दर्ता गरिसकेका छन्।

About Author

Advertisement