उदयपुरको त्रियुगामा नोवेलको निःशुल्क स्वास्थ्य शिविर

IMG-20240530-WA0224.jpg

झापा: नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ टोलीबाट त्रियुगा नगरपालिका वडा नं. १० मा दुई दिवसीय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। मई २८ र २९मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बाइस सय बढीको स्वास्थ्य परीक्षण तथा उपचार भएको हो। बालमन्दिर माध्यमिक विद्यालय, बोक्सेमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको जनरल मेडिसिन, जनरल सर्जरी, प्रसती तथा स्त्री रोग, बाल रोग, हाड जोर्नी तथा नशा रोग, छाला रोग, नाक कान घाँटी रोग, दन्त रोग, आँखा रोग, रेडियोलोजी लगायतका विभागका विशेषज्ञ चिकित्सकहरुले विरामीहरुको परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए। शिविरमा २८७ जनाको निःशुल्क अल्ट्रासाउण्ड, ३५५ जनाको प्रयोगशाला परीक्षण, ११२ जनाको ई सि जि गरिएको र २५ जनाको दाँत खोलिएको थियो। शिविरबाट शल्यक्रिया लगायत थप उपचार आवश्यक भई रिफर भएका विरामीहरुलाई नोवेलमा आई उपचार गराउदा अस्पताल सेवामा ५०% छुट दिइने नोवेलका जनसम्पर्क अधिकृत नविन दाहालले जानकारी दिए ।संघिय सांसद डा. सुनिल कुमार शर्माले विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं स्थीत काठमाडौं मेडिकल कलेजको विशेषज्ञ चिकित्सक टोली सहित पूर्वी नेपाल देखि पश्चिम नेपालका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएका छन्। शिविरबाट लाखौं विरामीहरुले घरदैलोमा नै निःशुल्क रुपमा विशेषज्ञ स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सकेका छन् भने थप उपचारका लागि नोवेल र के एम सि आँउदा विशेष सहुलियतमा उपचार सेवा प्राप्त गर्ने व्यवस्था समेत डा. शर्माले गरि दिएका छन्। यसै क्रममा त्रियुगामा आयोजित निःशुल्क स्वास्थ्य शिविरको प्रमुख आयोजक नेपाली काँग्रेस त्रियुगा नगरपालिका वडा नं. १०, वडा कमिटि रहेको थियो भने सहयोगी संस्थाहरुमा त्रियुगा नगरपालिका, जिल्ला अस्पताल उदयपुर, बालमन्दिर मा. वि. बोक्से, नेपाल बन पैदावर उ. व्य. सं उदयपुर, जिल्ला उद्योग बाणिज्य संघ, त्रियुगा साना शहरी खा. पा. तथा श. स. उ. स., त्रियुगा उद्योग बाणिज्य संघ गाईघाट, नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखा, आर्शिवाद निर्माण सेवा प्रा. लि., स्वामी नारायण निर्माण सेवा, थापा निर्माण सेवा प्रा. लि., नवउदय सामुदायिक बन उपभोक्ता समिति, बाबरी सामुदायायिक बन उपभोक्ता समिति, बरुवा सामुदायिक बन उपभोक्ता समिति, रत्न रिसोर्ट बोक्से, नेपाल चिन मैत्री तथा विकास मञ्च उदयपुर रहेका थिए।

About Author

Advertisement