उत्तर २४ परगना ब्लास्टको सीबीआई र एनआईए जाँचको माग लिएर हाईकोर्टमा दुई याचिका दर्ता

IMG-20230410-WA0169-11-300x172-18

कोलकाताः उत्तर २४ परगना ब्लास्ट मामिलालाई लिएर कलकत्ता हाईकोर्टमा दुई जनहित याचिका दर्ता गरिएको छ। सोमवार भाजपा र सीपीएमको तर्फबाट दर्ता याचिकाहरूमा मामिलाको जाँच सीबीआई र एनआईएबाट गराइने अनुरोध गरिएको छ। साथै राज्य पुलिसबाट जाँच तत्काल स्थानान्तरित गर्ने अनुरोध पनि गरिएको छ।

बारासात नजिक दत्तपुकुर थानाको नीलगंज चौकीको नीलगंज ग्राम पञ्चायत क्षेत्रको मोचपोल पश्चिमपारा क्षेत्र आइतवार बिहान अचानक विस्फोटले थर्कियो। धमाका यति भीषण थियो कि दुई तले घर पूर्ण रूपमा क्षतिग्रस्त भय़ो। तृणमूल नेताको घरमा चलिरहेको यस अवैध पटेका कारखानामा विस्फोट हुँदा अहिलेसम्म ९ जना मरेको पुष्टि भइसकेको छ। मुख्य न्यायधीशको खण्डपीठले मंगलवार बिहान १०.३० बजी मामिलाको सुनवाई गर्नसक्छ।

-हिस

About Author

Advertisement