सिलगढी: सिलगढी नगरनिगमले उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताललाई हर्से भ्यान दान गरेको छ। हालैमा उत्तर बङ्गाल मेडिकल कलेज एण्ड अस्पतालमा हर्से भ्यान नहुँदा एक बाबुले आफ्नो मृत बालकको शव झोलामा बोकेर कालियागञ्जस्थित आफ्नो घरमा लगेका थिए। उक्त घटनापछि मेयरले नगरपालिकाको तर्फबाट हर्से भ्यान उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा दिने जानकारी वाचा गरेका थिए। आज उनले दीएकाे वाचा पुरा गर्दै नगरपालिका कार्यालयबाट मेडिकल अधिकृतहरुलाई हर्से भ्यानको साँचो हस्तान्तरण गरे।









