उत्तर बङ्गालको पहिलो हकी स्टेडियम अनि भरत छेत्री हकी एकाडेमीको शिलान्यास

IMG-20230830-WA0295.jpg

कालेबुङ: जीटीए प्रमुख कार्यपाल अनित थापाले आज एक कार्यक्रममाझ कालेबुङ नजिक १६ माइलमा हकी स्टेडियमको शिलान्यास गरेका छन्। यो स्टेडियम निर्माणको पहल भारत हकी टीमको कप्तान रहीसकेका भरत क्षेत्रीले गरेका थिए। उनले स्टेडियमको निम्ति जमीन प्रदान गरे। जीटीएले स्टेडियम निर्माण गर्ने भएको छ।

शिलान्यास समय जीटीए चिफ् अनित थापाले घोषणा गर्दै भने, “निर्माण हुने हकी स्टेडियम जीटीए क्षेत्रको मात्र नभएर उत्तर बंगालमा नै पहिलो हो। यहाँ चलाइने हकी एकेडेमी, गोर्खा गौरव भरत क्षेत्रीको नाममा चलाइनेछ। यस एकेडेमीको नाम भरत क्षेत्री हकी एकाडेमी हुनेछ।”

About Author

Advertisement