उत्तर दिनाजपुर जिल्लामा युवक र किशोरीको झुण्डिएको शव फेला

IMG-20230528-WA0320-5-300x172-4

उत्तर दिनाजपुर : उत्तर दिनाजपुर जिल्लाको हेमताबादमा एक युवक र एक किशोरको झुण्डिएको अवस्थामा शव भेटिएपछि सनसनी फैलिएको छ। बुधवार बिहान हेमताबाद ब्लकको नौदा ग्राम पञ्चायतको फिरोजपुर इलाकामा एक नाबालिग बालिका र एक युवकको झुण्डिएको शव भेटिएको थियो। बिहान साढे ६ बजे आँपको रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको हो। पुलिसले शव बरामद गरी पोस्टमार्टमका लागि पठाएको र घटनाको अनुसन्धान सुरु गरेको छ। मृतक नाबालकको नाम मेहराजुन (१५) रहेको र मृत्यु हुने युवकको नाम जसिमुद्दिन अहमद–२५ रहेको बताइएको छ। उनी कालियागञ्जका बासिन्दा हुन्। तर उनले किन आत्महत्या गरे भन्ने रहस्य भने कायमै छ। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement