उत्तर कोरियालाई विश्वको शक्तिशाली आणविक शक्ति बनाउने किम जोङ उनको लक्ष्य

Kim-Jong-Un-1

उत्तर कोरियाका सुप्रिमो किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बन्ने लक्ष्य राखेको बताएका छन्। उत्तर कोरियाको आधिकारिक एजेन्सी केसीएनएका अनुसार यो महिनाको शुरुमा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणमा संलग्न सैन्य अधिकारी र वैज्ञानिकहरूलाई प्रवर्द्धन गर्न आयोजित एक समारोहमा किम जोङ-उनले यस्तो बताएका छन्। किम जोङ-उनले यसलाई विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक हतियारको रूपमा वर्णन गर्दै भनेका छन्, ‘यो हतियारले यो देशमा विश्वको सबैभन्दा शक्तिशाली सेना बन्ने साहस देखाउँछl’

उनले सेनाले आफ्नो कामलाई निरन्तरता दिनुपर्ने बताए। यस अवसरमा उनी छोरीसँगै देखा परेका थिए। विज्ञहरूका अनुसार उत्तर कोरियाले सन्देश पठाउन चाहेको छ, यो एउटा प्रतीकात्मक कदम हो र यो उत्तर कोरिया यस बाटोबाट पछि नहट्ने संकेत हो। उत्तर कोरियाले यो मिसाइललाई राष्ट्रिय नायकको संज्ञा दिएको छ। यसैबीच, देशको आधिकारिक मिडियाले भनेको छ, ‘यो मिसाइलले उत्तर कोरिया परमाणु शक्ति बन्न पूर्ण रूपमा तयार रहेको प्रमाणित गर्दछl’ संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उत्तर कोरियालाई यस्ता परीक्षण गर्न प्रतिबन्ध लगाएको छ। तर, यसका बाबजुद पनि उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरिरहेको छ।

About Author

Advertisement