उत्तरेमा फुटबल प्रतियोगिता आरम्भ

IMG_20220906_001006.jpg

गान्तोक: उत्तरे लोकल ट्याक्सी चालक संगठनको आयोजनमा विश्वकर्मा पूजा खुल्ला लातेभकुन्डो खेल प्रतियोगिता उत्तरे मैदानमा शुरु भएको छ। मानेबुङ – देन्ताम क्षेत्रमा पर्ने उत्तरे झील परिसरको खेलमैदानमा आयोजना गरिएको यस् कार्यक्रमको उद्घाटन क्षेत्र प्रभारी पूर्णहाङ लिम्बूले गरे। कार्यक्रमको अवसरमा २०-मानेबोङ ग्राम पञ्चायत ईकाईका पञ्चायत सभापति केएम लिम्बू, क्षेत्र स्तरीय महासचिव लक्ष्मण लिम्बू, अवकाशप्राप्त शिक्षक पीएस शेर्पा, जिल्ला स्तरीय सल्लाहकार डीपी गुरुङ देन्ताम मेनलाईन ट्याक्सी चालक सभापति माईलछिरिङ लेप्चा, महासचिव दिपेश प्रधान, देन्ताम लोकल ट्याक्सी चालक सभापति संजय लिम्बू, देन्ताम मेनलाईन ट्याक्सी चालक संघका प्रतिनिधि लगायत खेलप्रेमि दर्शकहरुको उपस्थिति रहेको थियो। आज प्रथम दिनको खेलमा मुक्रुङ युनाईटेड बनाम ईन्टेक एफसी र दोस्रो खेलमा सिम्बोले एफसी बनाम होईले डाँड़ा साथै तेस्रो अन्तिम खेल भने सोपाखा_जोरबुटे बनाम उच्चत्तर माध्यमिक विद्यालय उत्तरेबीच अति रोमाञ्चक ढंगमा सम्पन्न भयो। पहिलो खेलामा ईन्टेक दोस्रो खेलामा याक्थुङ एफसी सिम्बोले अनि तेस्रो खेलामा सोपाखा जोरबुटे एफसीले खेलमा जीत हासिल गरेर आफ्नो टिमलाई दोस्रो स्थानमा प्रवेश गराउन सफल बनेको छ। कार्यक्रमको अवसरमा विभिन्न रोचक सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो। प्रथम दिनको कार्यक्रममा यस अघि कुष्ण कुमार कार्कीले आमन्त्रित मुख्य अतिथि लगायत सम्पूर्ण विशिष्ट अतिथि साथै सम्पूर्ण उपस्थित खेलप्रेमी दर्शकहरुलाई स्वागत सम्बोधन राख्दै कार्यक्रमको बिस्तृत जानकारी गराएका थिए। यस कार्यक्रलाई स्थानीय विभिन्न संघ- संस्थाका प्रतिभाहरुलाई खेलप्रति मञ्च प्रदान गर्न कार्यक्रमको आयोजना गरेको जनाए।

About Author

Advertisement