उत्तरबंग सफाई कर्मचारी कल्याण समितिद्वारा विभिन्न मांग गर्दै मेयरलाई ज्ञापन

19-09-49-tu.png

सिलगढी: उत्तरबंग सफाई कर्मचारी कल्याण समितिका कर्मचारीहरुले आज विभिन्न मांग गर्दै आज सिलगढी नगरनिगमका मेयर गौतम देवलाई एउटा ज्ञापन पत्र चढाए। अस्थायी सफाई कर्मीहरूलाई स्थायी गरिनुपर्ने, नगरनिगमको १ नम्बर वार्डमा पिउने पानी तथा बिजुलीको समस्या समाधान लगायत मोठ १३ सूत्रीय मागलाई लिएर समितिका सदस्यहरूले मेयरलाई एउटा ज्ञापन पत्र चढाएको हो। उत्तर बंगाल सफाई कर्मचारी समितिका सचिव रोहित तिवारीले भने, सफाई कर्मीहरूको विभिन्न समस्याहरूबारे मेयरलाई अवगत गराइयो भने तीमध्ये केही मुद्दाको समाधान पनि गरिसकेको छ। तर हालसम्म आफूहरूको सबै समस्याहरूको पूर्ण रूपमा समाधान नभएकोले गर्दा नै आज मोठ १३ सूत्रीय मागलाई लिएर मेयरलाई उक्त ज्ञापन चढाइएको हो। मेयरले नै आफूहरूको सबै समस्याहरूको समाधान गरिदिने आश्वासन दिएका छन्।

About Author

Advertisement