सिलगढी: उत्तरबंग विश्वविद्यालयको मास कम्युनिकेशन विभागका प्राध्यापक तथा विद्यार्थीहरू केही पहलहरू लिएर आज नक्सलबारीको आजमाबाद चियाकमानमा पुगेर कमान इलाकाका मानिसहरूलाई नारी शिक्षा तथा स्वास्थ्यप्रति जागरूकता बढाउने उद्देश्य लिएर सडक नाटक प्रस्तुत गरे। यसको साथै महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य लिएर हस्तकला सिकाइयो। यस कार्यक्रममा दुहिता र पन्छी नाम गरेको दुई वटा स्वयंसेवी संस्थाहरूले पनि सहयोग गर्यो। यसबाहेक इलाकामा नानीहरूलाई लुगाफाटा पनि वितरण गरियो। कार्यक्रमको मुख्य उद्देश्य सुदूरवर्ती इलाकाका मानिसहरूलाई जागरूकता गराउन साथै महिलाहरूलाई आत्मनिर्भर बनाउनु हो।







